रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी विज्ञप्ति जारी गरिएको प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८०।०५।२७

रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी बाट विज्ञप्ति जारी गरिएको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

भाद्र २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमका बारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूणर् विज्ञप्ति जारी गरेको थियो ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई नजरअन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेसविरोधी यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्