जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति महासंघद्वारा गहिरो दुःख व्यक्त : दुःखद् परिस्थितिमा शोक मनाउन तीनदिनसम्म आफ्नाऔपचारिक कार्यक्रमहरू स्थगित

 

मितिः २०८०।०७।१८

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ बजे गएको ६.२ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल पत्रकार महासंघ गहिरो दुःख व्यक्त गर्दछ । भूकम्पबाट ज्यान गुमाउने ठूलो संख्याका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासंघ परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

भूकम्पबाट केही सञ्चारगृहमा भौतिक क्षति पुगेको छ भने कतिपय पत्रकार पनि प्रभावित भएका छन् । विपद्को रिपोर्टिङका क्रममा सुरक्षा सम्वेदनशीलता अपनाउन महासंघ पत्रकारलाई आग्रह गर्दछ । भूकम्पको समयमा क्षति र हताहतीको रिपोर्टिङ गर्दा मानवीय सम्वेदनशीलता, पत्रकार आचारसंहिता तथा पीडितको भावनाको उच्च सम्मान गर्न महासंघ पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दछ ।

भूकम्पपछि सरकारले थालेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन महासंघ सरकार तथा सरोकारवाला निकायलाई आग्रह गर्दछ । भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको यस दुःखद् परिस्थितिमा महासंघले शोक मनाउन आफ्ना औपचारिक कार्यक्रमहरू तीनदिनसम्म स्थगित गरेको छ । साथै, पत्रकार तथा सञ्चारकर्मीलाई उद्धार तथा राहतमा केन्द्रित भएर सञ्चारकर्ममा जुट्न आग्रह गर्दछ ।

साथै, कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई निष्कासन गरेको विरोधमा घोषित आन्दोलनका कार्यक्रमहरू पनि तीन दिनसम्म स्थगित गरिएको छ । यही कात्तिक २१ गतेदेखि पुनः आन्दोलन जारी राखिने छ । आन्दोलनका कार्यक्रमहरू अद्यावधिक गरी पुनः सार्वजनिक गरिने जानकारी गराउँछौँ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्