कात्तिक २५ गतेसम्म सदस्यतासम्बन्धी उजुरी गर्ने समय थप

 

मिति : २०८०।०७।२०

नेपाल पत्रकार महासंघले थालेको सदस्यता शुद्धीकरण अभियानको अन्तिम संघारमा रहेको सर्बविदितै छ । नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा महासंघको २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको म्यान्डेटअनुसार गठित शुद्धीकरण समितिको विभिन्न चरणमा बसेको बैठकमा गहन छलफल भई सबै प्रदेश समिति तथा शाखा समितिको सुझाव, सल्लाह एवं प्रस्तावका आधारमा महासंघको सदस्यता शुद्धीकरण कार्यविधि–२०७९ तयार गरी सदस्यता शुद्धीकरणको अभियानलाई अगाडि बढाइएको हो ।

उक्त कार्यविधिबमोजिम नेपाल पत्रकार महासंघले नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा ‘शुद्धीकरण मापदण्ड–२०७९’ अनुसार शाखा समितिमा प्राप्त भएका सदस्यहरुको विवरण अध्ययन गरी सबै शाखा समितिबाट प्रदेश समितिलाई नयाँ सदस्यता तथा नवीरकणका लागि नामवली सिफारिस गरिएको थियो ।

शाखा समितिबाट प्रदेश समितिलाई सिफारिस भएका नामावलीको अध्ययन तथा छानबिन गरी प्रदेश समितिले सो नामावली सार्वजनिक गरी त्यस उपर परेको उजुरीमाथिसमेत आवश्यक छानबिन गरेर प्रदेश समितिले केन्द्रीय समितिलाई पठाएको थियो ।

प्रदेश समितिमार्फत आएका प्रस्तावित नामावली शुद्धीकरण समितिबाट सार्वजनिक गरी त्यसमाथि भएका निर्णयप्रति उजुरी प्राप्त भएका र त्यस शुद्धीकरण समितिमार्फत निरुपण गरिने भएकोले देशभरका प्रदेश तथा शाखा कार्यसमितिका कार्यालयमा लगाइएका ताला खोली वातावरण सहज बनाउन सम्बन्धित सबैमा आहृवान गर्दछ । शुद्धीकरण समितिको निर्णयअनुसार यही कात्तिक २५ गतेसम्म उजुरी गर्ने समय थप गरिएको पनि जानकारी गराइन्छ ।

महासंघले थालेको यो शुद्धीकरण अभियानलाई सफल बनाउन सम्बन्धित सबै संघसंगठनको भूमिका सराहनीय हुनेमा महासंघ विश्वस्त छ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्