आन्दोलनमा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण


मिति : २०८०/०७/२२


कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत पत्रकारलाई गैरकानुनी रुपमा गरेको निष्कासन तथा सरुवाविरुद्ध थालिएको आन्दोलनमा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
आन्दोलन अन्तर्गत आज दिउँसो धर्ना सुरु भए लगत्तै कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट आएका एक व्यक्तिले आन्दोलनकारीमाथि ढुंगा प्रहार गरी आक्रमण गरेका थिए । 

आक्रमणमा कान्तिपुर प्रभावित पत्रकार तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य टिकाराम प्रधान घाइते हुनुभएको छ । शान्तिपूर्ण प्रदर्शनमा रहेका कान्तिपुर प्रभावित पत्रकारहरूमाथि भएको यो घटनाको जिम्मेवारी कान्तिपुर व्यवस्थापन भएको महासंघको ठहर छ । 

यो घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउन महासंघ सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछ ।  महासंघ घाइते पत्रकार प्रधानको स्वास्थ्यलाभको कामना व्यक्त गर्दै श्रम आन्दोलनको पक्षमा रहेका विभिन्न संघसंस्थाको गम्भीर ध्यानाकर्षण गराउँदछ । 


रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्