एन्यूज टि.भिको सवारी साधनमा पर्साको प्रसौनीमा एक समुहले तोडफोड गरी क्षति पुर्‍याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

 

मिति : २०८०।०८।१०

क्रिकेट टुर्नामेण्टको प्रत्यक्ष प्रसारण सकाएर फर्किरहेको एन्यूज टि.भिको सवारी साधनमा पर्साको प्रसौनीमा एक समुहले तोडफोड गरी क्षति पुर्‍याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ पर्सा शाखाका अनुसार असोज ९ गते शनिबार जगरनाथपुर गाउँपालिकामा आयोजना भएको दोस्रो अध्यक्षकप क्रिकेट टुर्नामेण्टको प्रत्यक्ष प्रसारण सकाएर फर्किरहेको अवस्थामा एन्यूजकर्मी राजेन्द्र सिंहसहितको टोली सवार एन्युज टि.भिको ना१च ८१८२ नम्बरको सवारी साधनमा उक्त खेलमा हार व्यहोरेका समुह र वडा नं. ६ का स्थानीयले तोडफोड गरी क्षति पुर्‍याएका थिए ।

कुनै पनि बहानामा सञ्चारकर्मी र सञ्चारमाध्यमको सवारी साधनमा आक्रमण गर्नु र क्षति पुर्‍याउनु निन्दनीय र प्रेसविरोधी हर्कत हुन् । महासंघ प्रेसविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र सवारी साधनमा भएको क्षतिको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्