सहयोगको लागि आहृवान

 

सहयोगको लागि आहृवान

मिति : २०८०।०७।२३

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर मिति २०८० कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुममा ठुलो जनधनको क्षति गरेको छ । यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।

जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलव्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निणर्य गरेको छ । सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूणर् सम्बन्ध भएका सञ्चारसंस्थाका साथै इच्छुक व्यक्तिहरूलाई तपसिलको कोषमा सहयोग रकम जम्मा गर्नुहुन अनुरोध गर्दछौं ।

खातावालाको नाम : Federation of Nepali Journalist

बैंक : प्रभू बैंक

शाखा : सिनामंगल

खाता नं. : ०१८००१९४७०१०००१२

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्