नयाँ पत्रिका दैनिकका सम्वाददाता चिरञ्जीवी घिमिरेलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०१।२५

नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य एवं नयाँ पत्रिका दैनिकका सम्वाददाता चिरञ्जीवी घिमिरेलाई समाचारको विषयलाई लिएर रष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवक संगठनका नेता निर्माण व्यवसायी विनोद थापाले गालीगलौजसहित धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ कोशी प्रदेश समितिका अनुसार नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा प्रकाशित ‘जनप्रतिनिधिको सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षक समाचारलाई लिएर निज निर्माण व्यवसायी थापाले पत्रकार घिमिरेलाई फोन गरी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौजसहित धम्क्याएको जनाइएको छ ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने या प्रेस काउन्सिलमा उजुरी गर्नसकिने प्रचलित प्रावधानलाई छाडेर पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रता विरोधी हर्कत हो । महासंघ प्रेसविरोधी यो हर्कतमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी पत्रकारलाई स्वतन्त्रता र सुरक्षाको प्रत्यभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

..................

रोसन पुरी

महाचिव

 डाउनलोड गर्नुहोस्