महासंघका पूर्वमहासचिव पोषण केसीलाई मातृशोक : महासंघ स्तब्ध

मिति : २०८१।०१।२६
नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी ७७ वर्षीया ममतामयी आमा शान्ता रेग्मीको आज बिहान उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा निधन भएको हो । लामो समयदेखि बिरामी रहनुभएकी स्वर्गीय रेग्मीका ४ छोरा र २ छोरी हुनुहुन्छ । पूर्वमहासचिव पोषण केसी साइँला छोरा हुनुहुन्छ ।

 
नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ पूर्वमहासचिव पोषण केसीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्