भारतीय सीमा बलकाे दुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण

मितिः २०७४÷७÷१४

नेपाल पत्रकार महासंघ पर्सा शाखा सदस्य तथा लेखक चन्द्रकिशोर माथि भारतीय शसस्त्र सीमा बलले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार चन्द्रकिशोरका अनुसार स्थायी घर सर्लाहीबाट छठ पर्व मनाएर भारतको बाटो हुदै पर्सा फर्कने क्रममा कार्तिक १३ गते बिहार राज्यको सितामढीस्थित बसबिट्टामा एसएसबीका कर्मचारी अनिल कुमारले आफू पत्रकार रहेको परिचय दिँदादिदै खानतलासिको क्रममा अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । पत्रकार महासंघ एसएसबीले नेपालीमाथि आवतजावतका क्रममा हुने दुव्र्यवहारको घटनाको निन्दा गर्दै सिमा क्षेत्रमा हुने यस्ता घटना दोहोरिन नदिन साथै सिमानाकामा निर्वाध आवतजावतको व्यवस्था गर्न सम्बन्धित पक्षसंग माग गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्न महासंघ माग गर्दछ ।