पत्रकार रिहाईकाे माग

मिति ः २०७४।०८।०३
पछिल्ला केही दिनयता प्रहरीले पत्रकार महासंघका सदस्यहरुलाई गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जलजला मासिकका सम्पादक खेम थपलिया, निहिगु ज्वज्वलोप्पा मासिकका प्रधानसम्पादक जितेन्द्र महर्जनलाई काठमाडौंबाट, जायश्वर आचार्य र प्यूठान मिसन मासिकका कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई प्यूठानबाट र जनप्रभात साप्ताहिकका प्रधानसम्पादक कालिबहादुर महतारालाई कालिकोटबाट पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये केहीलाई पत्रकारिताकै सिलसिलामा र केहीलाई निजी कामको सिलसिलामा रहेका बेला पक्राउ गरी हिरासतमा राखिएको छ । महासंघ यस्तो गिरफ्तारीको भर्त्सना गर्दछ । साथै, गिरफ्तारीमा परेका सबै पत्रकारहरुको अविलम्ब रिहाईको माग गर्दछ ।

.......................
रमेश विष्ट
महासचिव