पक्राउ गरिएका पत्रकार शाहीलाई तत्काल रिहा गर्न महासंघकाे माग

सरकारद्वारा साता दिनदेखि देशका विभिन्न स्थानमा पत्रकारमाथि भएको प्रहरी हस्तक्षेप, धरपकड तथा पक्राउका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
मध्यान्ह राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता दिपेश शाहीलाई मंसरि ३ गते बिहान प्रहरीले पक्राउ गरेको जानकारी महासंघलाई प्राप्त भएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा नर्भिक अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेकोे हो ।
समाचार संकलनका क्रममा प्रहरीबाट भएको यस्तो कार्यको महासंघ निन्दा गर्दछ । साथै पत्रकारमाथि हुने यस किसिमका घटना बन्द गर्न एवं पक्राउ गरिएका पत्रकार शाहीलाई तत्काल विना शर्त रिहा गर्न महासंघ जोडदार माग गर्दछ । 

रमेश विष्ट
महासचिव