पत्रकार आक्रमणको निन्दा

मितिः२०७४/८/११
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी विषयलाई लिएर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सचिव तथा अनलाईनखबरका स्थानीय संवाददाता दिनेश थापामाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।पत्रकार थापाका अनुसार मंसिर १० गते सुनकोशी गाँउपालिका बडा. नं ६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६ः ३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङ्गको नेतृत्वमा आएको समुहले आक्रमण गर्दा पत्रकार थापाको छाति तथा ढाडमा चोट लागेको छ ।पत्रकारमाथि हुने यस्ताखाले घटनाले प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको महासंघको ठहर छ । महासंघ घटनाको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसंग माग गर्दछ ।


रेमबहादुर विश्वकर्मा 
सचिव