बम विष्फोटनमा परी पत्रकार घाइते भएको घटनाप्रति महासंघ दुःखी

मिति :२०७४।०८।१३


नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सदस्य एवं युके एफएममा आवद्ध पत्रकार नवराज पौडेल उदयपुरमा भएको बम विष्फोटनमा परी घाइते भएको घटनाले महासंघ दुःख व्यक्त गर्दछ । उदयपुर क्षेत्र नम्बर २ का नेपाली काँगेसका उम्मेदवार नारायण कार्कीको चुनावी प्रचार–प्रसारको समाचार संकलनका क्रममा उदयपुरगढी नगरपालिका–६ मा भएको बम विष्फोटनबाट पत्रकार पौडेल घाइते हुनुभएको हो ।
पछिल्लो समय निर्वाचनका क्रममा मुलुकका विभिन्न स्थानमा उम्मेदवारलक्षित आक्रमणको घटनाले नागरिकलाई त्रसित र आतंकित बनाएको छ । यस किसिमका घटनाको महासंघ भत्र्सना गर्दछ । यस्ता आतंकपूर्ण घटना नदोहोरिनेतर्फ आवश्यक कदम चाल्न र सुरक्षाको वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ । महासंघ घाइते पत्रकार पौडेलसहित आक्रमणमा घाइते भएका अन्य व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइते सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
 

 रमेश विष्ट
    महासचिव