मिति : २०८२।१०।१९
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा ४३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
यही माघ १६ गते रिर्पोटिङका क्रममा अछाम पुगेका बेला बेहोस भएपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल भर्ना गरिएका सिटौलाको माघ १८ गते आइतबार निधन भएको हो ।
महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष रहेका सिटौला चलचित्र पत्रकारिता क्षेत्रमा परिचित हुनुहुन्थ्याे । उहाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, कर्मठ र जुझारु युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव