फोटो खिचेको निहुँमा नयाँ पत्रिका दैनिकका सौरभ यादवलाई प्रहरी हवल्दार देवेन्द्र यादवले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।१०।२०

फोटो खिचेको निहुँमा नयाँ पत्रिका दैनिकका सौरभ यादवलाई प्रहरी हवल्दार देवेन्द्र यादवले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही माघ १८ गते सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालय अगाडि प्रहरीले एक व्यापारीसँग रकम लिँदै गरेको फोटो खिच्दा प्रहरीले पत्रकार यादवलाई १५ मिनेट नियन्त्रणमा समेत लिएको महासंघको मधेस प्रदेश समितिले जनाएको छ ।

पेशागत धर्म निर्वाहका क्रममा पत्रकारमाथि प्रहरीबाट भएको यो व्यवहारलाई महासंघले अत्यन्त निन्दनीय प्रेसविरोधी कदमका रुपमा लिएको छ । महासंघ आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्