अग्रज पत्रकार शेष महम्मद हनिफ (गोरा मियाँ) को ६४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मिति : २०८२।१०।२२

अग्रज पत्रकार शेष महम्मद हनिफ (गोरा मियाँ) को ६४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

यही माघ २० गते तनहुँको व्यास नगरपालिका–२ मेनरोडस्थित निवासमा एक्कासि ढलेका मियाँलाई तत्काल नजिकैको रत्नहरि अस्पताल लगिएकोमा त्यहाँ उपचार नभएपछि थप उपचारका लागि कास्कीस्थित पोखराको मणिपाल अस्पताल पुर्‍याइएको थियो । उपचारबाट स्वास्थ्य अवस्थामा सुधार नआएपछि माघ २१ गते दिउँसो घर फर्काइएका मियाँको सोही दिन साँझ निधन भएको हो ।

लामो समयदेखि तनहुँमा रहेर पत्रकारितामा सक्रिय रहेका मियाँ महासंघ तनहुँ शाखाका सदस्य हुनुहुन्थ्यो । शाखाबाट पटकपटक केन्द्रीय प्रतिनिधिका रुपमा महासंघमा प्रतिनिधित्व गर्नुभएका मियाँ प्रेस युनियन तनहुँका अध्यक्षसमेत हुनुहुन्थ्यो । मियाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, जुझारु र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय मियाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्