मिति : २०८२।१०।२५
अग्रज पत्रकार वैद्यनाथ चौधरीको ६७ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–७ वनौली निवासी चौधरीको माघ २५ गते बिहान निधन भएको हो ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका चौधरी महासंघ महोत्तरी शाखाका सदस्य हुनुहुन्थ्यो । स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकामा काम गरिसक्नु भएका चौधरीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, जुझारु र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव