पत्रकार रिहाईकाे माग

मिति ः २०७४।०८।२८

नेपाल पत्रकार महासंघ रुपन्देही शाखा कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई बिनाशर्त रिहा गर्न महासंघले गरेको आग्रहलाई सरकारले बेवास्ता गर्दै पुनः अर्को झुट्टा मुद्दा लगाएर हिरासतमै राखेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७४ मंसिर ५ गते रुपन्देहीस्थित गर्जनपोष्ट साप्ताहिकको कार्यालयबाट पक्राउ परेका पत्रकार डुम्रेलाई बिनाशर्त रिहा गर्न महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको थियो । प्रधान न्यायाधीशको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरे पनि सरकारले अदालतको अवहेलना गर्दै पत्रकार डुम्रेलाई थप झुट्टा मुद्दा लगाउनुले प्रेस स्तन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ । महासंघ पत्रकार डुम्रेमाथि लगाइएका झुट्टा मुद्दा खारेज गरी अबिलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

 

........................

रमेश विष्ट

महासचिव