मिति : २०८२।१२।०३
इलाम नगरपालिका–७ सुनगाभा चोकस्थित रेडियो नेपालवाणी एफएम रहेको भवनको मूल ढोका फोड्ने प्रयास गरिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही चैत्र १ गते राति १०ः१५ को समयमा अपरिचित दुई व्यक्तिले ढोकामा हिर्काएको र कर्मचारी कराएपछि भागेको महासंघ इलाम शाखाले जनाएको छ ।
सञ्चारमाध्यममाथिको यो प्रयास आफैंमा निन्दनीय र अपराधिक हो । महासंघ यो कार्यमा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव