प्रेस स्वतन्त्रता सेनानी बैष्यको निधन: महासंघ स्तब्ध

२०७४।०९।०८
वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । विगत डेढ वर्षदेखि उक्त रोगबाट पीडित बैष्यको पुस ७ गते राति ११ बजे निधन भएको हो । स्वर्गीय पत्रकार बैष्यका श्रीमती, ६ छोरा र १ छोरी हुनुहुन्छ ।

२०२६ सालदेखि बर्दियाबाट पत्रकारिता सुरु गर्नु भएका बैष्यले काठमाडौंबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनी र राष्ट्रपुकार साप्ताहिकमा काम गर्नु भएको थियो । पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाथ साप्ताहिकका सम्पादक÷प्रकाशक रहनु भएका बैष्यले पञ्चायतकालमा ५ वर्ष वीवीसी नेपाली सेवामा पनि काम गर्नुभएको थियो । बैष्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय बैष्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
...................
रमेश विष्ट
महासचिव