मिति : २०८२।१२।१६
पत्रकार सञ्जय मिश्रलाई सामाजिक सञ्जाल फेसबुकमा असभ्य भाषाले गालीगलौज गरिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आम जनता पार्टीका सचिवालय सदस्यको राजीनामाको विषयमा लेखिएको समाचारलाई लिएर I support prabhu नामक आइडीबाट यस्तो हर्कत भएको महासंघ रौतहट शाखाले जनाएको छ ।
समाचारमा चित्त नबुझे प्रचलित बिधिअनुसार समाधान नखोजी व्यक्तिको सामाजिक प्रतिष्ठामा मानमर्दन गरिनु निन्दनीयमात्र होइन सामाजिक अपराध हो ।
महासंघ यस्तोे घटनाको छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अगाडि बढाउन र प्रेसलाई संवैधानिक अधिकार उपभोगमा सघाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव