प्रहरीले अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७४।०९।०९


प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको महासंघ स्पष्ट गर्न चाहन्छ । 
यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।

    .....................
    रमेश विष्ट
    महासचिव