वरिष्ठ पत्रकार लिलाधर गौतमको निधनको खबरले महासंघ स्तब्ध

 

मिति : २०८३।०१।०६

वरिष्ठ पत्रकार लिलाधर गौतमको ९१ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत केही वर्षदेखि अल्जाइमर रोगबाट पीडित गौतमको २०८३ वैशाख ४ गते निधन भएको महासंघ सुर्खेत शाखाले जनाएको छ ।

लामो समय पत्रकारितामा सक्रिय गौतम महासंघका मानार्थ सदस्य हुनुहुन्थ्यो । उहाँले सुर्खेत पोष्ट, जनादेशलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र योग्य पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्