नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्यलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मितिः २०८३।०२।११

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्यलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका पूजनीय आमा भुनकुमारी आचार्यको ७३ वर्षको उमेरमा जेठ १० गते निधन भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ अध्यक्ष रोयलसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव