दर्शनखबर डटकमका सम्पादक चिन्तामणि कँडेललाई निर्माण व्यवसायी सुरज थापाले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०२।१५

दर्शनखबर डटकमका सम्पादक चिन्तामणि कँडेललाई निर्माण व्यवसायी सुरज थापाले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही जेठ १२ गते सुर्खेतस्थित निर्माणाधीन सडक नगरपालिकाको मापदण्डविपरीत भएको विषयमा प्रश्न गरेको भन्दै गरिएको आक्रमणबाट कँडेलको देब्रे कानको जाली फुटेको महासंघको कर्णाली प्रदेश समितिले जनाएको छ ।

महासंघ घाइते पत्रकार कँडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

पेसागत धर्म निर्वाह गर्दा भएको यो आक्रमणलाई महासंघले अत्यन्तै निन्दनीय र स्वतन्त्र पत्रकारिताको अभ्यासविरुद्धको अपराधको रुपमा लिएको छ ।

महासंघ घटनाको छानबिन गर्न र दोषीलाई आवश्यक कानुनी कारबाही गरी निर्वाध एवं सुरक्षित पत्रकारिताको वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव