पत्रकार नरेन्द्र महतोको सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मितिः २०८३।०२।१८

पत्रकार नरेन्द्र महतोको सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही जेठ १७ गते महोत्तरीको गौशालामा भइरहेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा केही व्यक्तिहरूबाट महतोलाई दुर्व्यवहारसमेत गरिएको महासंघ महोत्तरी शाखाले जनाएको छ ।

महासंघ पत्रकारमाथि गरिएको दुष्कर्मको निन्दा गर्दछ । र, घटनामा संलग्नको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव