बागमती प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रार कार्यालयले अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा देखाएको उदासिनताप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३।०३।३१

बागमती प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रार कार्यालयले अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा देखाएको उदासिनताप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुनै लाग्दासमेत ३२७ अनलाइन र पत्रकारको प्रेस पास नवीकरण प्रक्रिया सुरु नभएको महासंघको बागमती प्रदेश समितिले जनाएको छ ।

प्रदेश कानुनबमोजिम दर्ता भएका अनलाइन र प्रेस पास नवीकरण नगर्नुले सञ्चारमाध्यम बन्द नहुने संवैधानिक प्रावधानमा आघात पुग्ने र प्रेस स्वतन्त्रतामा आँच आउने महासंघको ठहर छ ।

महासंघ सञ्चारमाध्यमको निर्वाध सञ्चालन र प्रेस पास नवीकरणमा प्रदेश सरकारले देखाएको उदासिनताप्रति आपत्ति प्रकट गर्दछ । र, नवीकरण कार्य यथाशीघ्र सुरु गर्न महासंघ जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्