पत्रकार भुवनबहादुर सिंहलाई लक्षित गर्दै बझाङस्थित जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०४।०६

पत्रकार भुवनबहादुर सिंहलाई लक्षित गर्दै बझाङस्थित जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

साइपाल खबरडटकमको २०८३ असार ३१ गते ‘रातारात १० लाखको भत्ता काण्ड’ शीर्षक समाचारलाई लिएर सो अनलाइनका सम्पादकसमेत रहेका सिंहको चरित्रहत्या र मानमर्दन गर्ने उद्देश्यले खातीले अभिव्यक्ति दिएको महासंघको बझाङ शाखाले जनाएको छ ।

समाचारमा चित्त नबुझे विधि बमोजिम समाधान खोज्न छोडेर व्यक्तिको चरित्रमा प्रश्न उठाउने यो शैलीप्रति महासंघ निन्दा र भत्र्सना गर्दछ ।

महासंघ घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव