मितिः २०८३।०४।१७
महासंघ बैतडी शाखाका अध्यक्ष नरिदत्त बडुलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
क्यान्सर रोगबाट ग्रसित उहाँका पूजनीय पिता देवदत्त बडुको ७५ वर्षको उमेरमा यही साउन १६ गते दशरथचन्द्र नगरपालिका–७, कोइरालीस्थित निवासमा निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा नरिदत्तसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव