सामाजिक सञ्जाल प्रयोग संहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न 

सामाजिक सञ्जाल प्रयोग संहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न 



२०७५ मंसिर २२

 

२२ मंसिर , काठमाडौं । नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता निर्माण सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । 
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष एवम् प्रमुख अतिथि विपुल पोखरेलले पत्रकारले सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने भन्दै पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको बताउनु भयो । 
पत्रकार महासंघका सचिव तथा सामाजिक सञ्जाल सञ्चालन संहिता निर्माण कार्यदलका संयोजक प्रकाश थापाले पत्रकारहरुले सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्ने विषयका लागि पनि संहिता आवश्यक देखिएकोले महासंघका सदस्यहरुलाई लक्षित गरेर सामाजिक सञ्जाल सञ्चालन संहिता बनाउन लागिएको बताउनुभयो ।
महासंघका सचिव रामप्रसाद दाहालले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउनका लागि सामाजिक सञ्जाल संहिता आवश्यक रहेको बताउनुभयो । 
नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिका संयोजक एवम् केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले नेपालको समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन पत्रकारहरुका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको बताउनु भयो ।  
महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले पत्रकारहरुका सामाजिक सञ्जाल संहिता निर्माण गर्नेक्रममा पत्रकारहरुले विचारलाई सामाजिक सञ्जालमा राख्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो । 
सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले पत्रकारिताको धर्म निर्वाह गर्न पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले संहिता निर्माण गर्दा पत्रकारको व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 
अधिवक्ता एवम् इन्टरनेट गर्भनेन्स इन्स्चियुटका प्रमुख कार्यकारी अधिकृत बाबुराम अर्यालले समग्र पत्रकारिता जगतको नियमनका लागि समेत यो संहिता निमाणर््ा गर्न आवश्यक रहेको बताउनु भयो । 
अनलाईन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकारले सामाजिक सञ्जालमा राख्ने अभिव्यक्तिसंग उसले लेख्ने समाचार तुलना गरिनेहुदा पत्रकारहरुले सामाजिक सञ्जालमा आफ्ना गतिविधि राख्नु भन्दा अगाडि सोच्नु पर्ने धारणा राख्नुभयो । 
लेखा समितिका सदस्य मिराराज भण्डारीले पत्रकारहरुलाई बारम्बार विद्युतिय कारोबार ऐन अन्तर्गत पक्राउ गरिने परिपाटी बसेको भन्दै त्यसको अन्त्य हुनु पर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेल ,पत्रकार महासंघ काठमाडौ  शाखाका उपाध्यक्ष सूर्य सुवेदी , सदस्य फणिन्द्र फुयाँल, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, पत्रकार माधवप्रसाद घिमिरे  लगायतले सामाजिक सञ्जाल र पत्रकारका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।