पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र महासंघलाई हस्तान्तरण

पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र महासंघलाई हस्तान्तरण



२०७५ पौष २६

पुस २६, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्मित पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको आज एक कार्यक्रमका बीच एनआरएनए ले महासंघलाई हस्तान्तरण गरेको छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनआरएनए लाई धन्यबाद दिदै पुस्तकालय निर्माणको मुख्य श्रेय पुस्तकालयको परिकल्पना तथा सुरुवात गर्नैलाइ जाने बताउनु भयो । उहाँले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताउनुभयो । 
गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले विश्वका ठुला ठुला पुस्तकालयलाई अनुशरण गर्दै महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको निर्माण गरिएको बताउनुभयो साथै उहाँले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरउन्नती गरिने बताउनुभयो ।  
पे्रस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाहरुका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो । 
कार्यक्रममा एनआरएनएका प्रवक्ता भुषण घिमिरे तथा सल्लाहकार डा.हेमराज शर्माले पुस्तकालय पत्रकारहरुका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल राइब्रेरी फाउन्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालाई आगामी दिनमा समेत सहयोग गरिने बताउनुभयो । 
 एनआरएनएले पुस्तकालयका लागि आश्यक फर्निचर, कम्प्यूटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।