श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित



२०७५ माघ ०७

माघ ७, काठमाडाैं । नेपाल पत्रकार महासंघले कात्तिक १ गतेदेखि लागु भएको नयां न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा उल्लेखित सेवासुविधा उपलब्ध गराउन माग गर्दै देशभरका संचार गृहहरुलाई ध्यानाकर्षण गराउने अभियानको थालनी गरेको छ ।
त्यस क्रममा आज नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलाई भेटी ध्यानाकर्षण पत्र बुझाइयो । महासंघका अध्यक्ष गोविन्दआचार्य, महासचिव रमेश विष्ट समेतको उपस्थितिमा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले विष्टलाई ध्यानाकर्षण पत्र बुझाए ।
त्यस अवसरमा महासंघका अध्यक्ष आचार्यले देशको सबै भन्दा ठुलो प्रशारण संस्था र सरकारी सञ्चार गृह हुनुको नाताले नेपाल टेलिभिजनले उदाहरणका रुपमा ऐन तथा नियमावली कार्यान्वयन गरेर देखाउनु पर्ने बताए । केही दिनमा हुने अनुगमनबाट सन्तुष्ट हुन नसकिए त्यस्ता मिडियामा महासंघ केन्द्रित हने उनले बताए ।
महासचिव विष्टले सरकारी सञ्चार माध्यमले ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा उपलब्ध गराए निजी सञ्चार गृहलाई पनि दबाब पर्ने बताए ।
सचिव दाहालले न्यूनतम पारिश्रमिकलगायत ऐन तथा नियममा उल्लेखित सेवा सुविधा नदिने संचार गृहमा कठोर ढंगले प्रस्तूत हुने बताए । दाहालका अनुसार, एक हप्तासम्म देशभरका सबै सञ्चार प्रतिष्ठानलाई एकै व्यहोराको ज्ञापन पत्र बुझाइनेछ, यो श्रमजीवी पत्रकारको पक्षमा आन्दोलनको आरम्भ हो ।
ज्ञापन पत्र बुझदै नेपाल टेलिभिजन काकार्यकारी अध्यक्ष महेन्द्र विष्टले सरकारले तोकेको न्य’नतम पारिश्रमिकलगायतका सेवा सुविधा उपलब्ध गराइसकेको जानकारी गराए । 
ध्यानाकर्षण पत्र बुझाउन महासंघ केन्द्रकातर्फबाट जन्मदेव जैसी, यम विरही, टेकराज थामी, लेखनाथ न्यौपाने, लेखा समिति सदस्य भुपेन्द्रं आचार्यको समेत उपस्थित थिए ।