प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि ध्यानाकर्षणपत्र 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि ध्यानाकर्षणपत्र 



२०७६ बैशाख १५

नेपाल पत्रकार महासंघले आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेकपा अध्यक्ष दाहाललाई खुमलटारस्थित निवास र सभापति देउवालाई बुढालिनकण्ठस्थित निवासमा भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।


महासंघले पटकपटक सरकार र राजीतिक दललाई सञ्चार क्षेत्रका विषयमा उठाएका मुद्दाहरुमा सीमित विषयको सम्वोधन भए पनि धेरै मुद्दाहरू सम्बोधन हुन नसकिरहेको तथा पछिल्ला दिनमा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्य बढेपछि महासंघले सञ्चालन गरेको दबाब अभियान दबाब अभियान अन्तर्गत ध्यानाकर्षणपत्र बुझाएको हो । 
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुख नेताहरुका साथै पूर्वप्रधानमन्त्रीहरु, संसद्का सभामुख र अध्यक्ष, नागरिक समाज, अधिकारकर्मीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम छ । 
ध्यानाकर्षणपत्र बुझ्दै नेताद्वयले आफूहरु सधै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै महासंघले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सधै सहयोग र साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।