महासंघकाे पत्रकारविरुद्ध अपराध र दण्डहीनता अन्त्यकाे माग गर्दै प्रदर्शन ।

महासंघकाे पत्रकारविरुद्ध अपराध र दण्डहीनता अन्त्यकाे माग गर्दै  प्रदर्शन ।



२०७६ मंसिर ०८

काठमाडौं, ०८ मंसीर । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै आज आइतबार उपत्यकासहित सातै प्रदेशमा प्रदर्शन गरेकाे छ । विश्व अन्तर्रा्ष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा गरिएकाे प्रदर्शनमा पत्रकारहरुले दण्डहिनताकाे अन्त्य र अपराधीलाई हदैसम्मकाे कारवाही माग गर्दै बेपत्ताकाे स्थिति सार्वजनिक गर्न र पीडितलाई न्याय दिन जाेडदार माग गरेकाे छ । महासंघका महासचिव रमेश विष्टले राज्य पक्ष अझैपनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयमा गम्भीर भएकले पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेकाे बताए । द्वन्द्वकालमा मारिएका पत्रकारका परिवालाई न्याय र दोषीलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भएता पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न नसकेको भन्दै आक्राेश पाेखे । पत्रकार महासंघ अन्तर्गतको द्वन्द्व पीडित पत्रकार संरक्षण समितिका संयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीले अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न नसकेको, वेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेकाे र पीडित परिवारले न्याय नपाएकाे भन्दै पत्रकार महासंघ अहिले पनि न्यायका लागि आन्दोलनमै रहेकाे बताए । मुलुकमा पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्यून रहेको छ । कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समुह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकोले कानुनी दायरामा ल्याउन सकिएको छैन । त्यस्तै महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ बैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् । प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोध जस्ता घटनाहरु बढी छन् । यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो छ । पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने धारणा प्रदर्शनमा सहभागी पत्रकारका अगुवाहरुले राखेका थिए । प्रदर्शनमा महासंघका सचिवहरु उदय जिएम, शितल महताे सहित केन्द्रीय सदस्यहरु, उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति, एशाेसियट प्रदेश समितिका सदस्य र विभिन्न संघ/संगठनका पत्रकार नेताहरुकाे सहभागिता थियाे ।