छलफल कार्यक्रम सम्पन्न

छलफल कार्यक्रम सम्पन्न



२०७४ मंसिर १४

मितिः २०७४/८/१४

नेपाल पत्रकार महासंघले निर्वाचन र सामाजिक सञ्जाल विषयक छलफल कार्यक्रम ओजना ग¥र्याे । महासंघको सभाहलमा भएको कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको वातावरण तयार गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । निर्वाचनबारे जानकारी दिन सामाजिक सञ्जालको प्रयोग भैरहेको भन्दै उहाँले निर्वाचन आचासंहिता पालना गर्न सबैलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाली कांग्रसका नेता तथा पूर्व संसद रामहरि खतिवडाले आग्रह र पूर्वाग्रह नराखी सामाजिक सञ्जालको प्रयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो  । 
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले समाजमा वर्षेनी दश प्रतिशतले सामाजिक सञ्जाल प्रयोगका क्रममा अपराध बढिरहेको जानकारी दिँदै घटनामा कमी ल्याउन जनचेतना जगाउन र प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
महासंघका सल्लाहकार तीर्थ कोइलालाले पत्रकारहरु निस्कृय रहेकाले सामाजिक सञ्जालको लोकप्रियता बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल समाचारको स्रोत समेत बन्ने गरेको बताउनुभयो । उहाँले समाजिक सञ्जालको सही सदुपयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । 
महासंघका महासचिव रमेश विष्टले सामाजिक सञ्जाल प्रयोगका राम्रो–नराम्रो दुवै पक्ष छ भन्दै  सामाजिक  सञ्जालले नागरिकको व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्न सहज भएको धारणा व्यक्त गर्नुभयो  । उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकार सहित सबैले विवेक प्रयोग गर्नुपर्ने बताउनु भयो । 
अन्तर्राष्ट्रिय पत्रकार महासंघ दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्यले निर्वाचनका क्रममा चुनावी प्रचारप्रसार, आफ्नो पक्षमा जनमत सृजना गर्न, दलको प्रचार गर्न, उम्मेदवारप्रतिको भ्रामक सूचनाको खण्डन गर्न, दलप्रतिको मोह वृद्धि गर्न र नागरिकप्रति जवाफदेही देखाउन सामाजिक सञ्जालको प्रयोग गरिएको बताउनुभयो । 
कार्यक्रममा दी रिपब्लिक डेलीका सम्पादक सुवास घिमिरेले पत्रकारले समाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर आचारसंहिता बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।