सूचनाको हकमा महिला पत्रकारहरुको पहुच एंव सगरमाथा आरोहण विषयक अन्तक्र्रिया कार्यक्रम

सूचनाको हकमा महिला पत्रकारहरुको पहुच एंव सगरमाथा आरोहण विषयक अन्तक्र्रिया कार्यक्रम



२०७४ माघ ०७

मितिः२०७४/१०/७

नेपाल पनेपाल पत्रकार महासंघले सूचनाको हकमा महिला पत्रकारहरुको पहुच विषयमा अन्तक्र्रिया एंव सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई शुभकामना  कार्यक्रम आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ महिला विभाग संयोजक लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रमले सगरमाथा आरोहण गर्ने ७ जना महिला पत्रकारहरुलाई महासंघ केन्द्रमा आज  शुभकामना तथा सम्मान गरेको छ ।
राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई पूर्ण सफलताको शुभकामना दिदै सूचनाको हक पत्रकारहरुका निम्ति मात्रै नभइ सार्वसाधारणका लागि समेत भएको भन्दै त्यसको पहुँचका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले नागरिकको सार्वजनिका सरोकारका विषयहरुमा सूचना पाउने अधिकार रहेको भन्दै त्यसका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले समुन्नत देश बिकासका लागि हरेक नागरिकले सार्वजनिक सरोकारका विषयहरुमा जानकारी राख्न आवश्यक रहेको बताउनु भयो ।  
कार्यक्रममा आमसञ्चार नीति २०७३, उच्चस्तरिय कार्यान्वयन समितिका सदस्य बबिता बस्नेतले सगरमाथा आरोहण गर्ने पत्रकारहरुलाई सफलताको शूभकामना दिनु भयो । उहाँले समाज बिकासमा पत्रकार महिलाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसमा क्रियाशिल रहन आग्रह गर्नु भयो । 
कार्यक्रममा महासंका उपाध्यक्ष दिलिप थापामगरले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारहरुको यस कदमले सगरमाथा आरोहणको विषयमा सञ्चार जगतमा राम्रो स्थान पाउन सक्ने बताउनु भयो ।
महासंघका महासचिव रमेश विष्टले सगरमाथा आरोहण गर्ने पत्रकारहरुलाई शुभकामना दिदै महासंघले यस अभियानलाई समर्थन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको बताउनु भयो ।
निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले सगरमाथा आरोहण गर्ने पत्रकार महिलाहरुलाई शुभकामना दिदै, व्यवहारमा सूचनाको हकको कानुन पत्रकारहरुका निम्ति मात्रै देखिएको भएतापनि यसलाई आम नागरिकको अधिकारका रुपमा व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा महिला वालबालिका तथा समाजकल्या मन्त्रालयका उपसचिव महेश्वरी विष्ट, सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, नेपाल प्रेस यूनियनका केन्द्रीय उपमहासचिव सलोजा दाहालले आरोहण गर्ने पत्रकारहरुलाई शुभकामना दिनु भयो । 
त्यसैगरि प्रेस सेन्टर नेपाल केन्द्रिय सचिव रुबि श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, यूएन वीमेनका रणनितीक साझेदार संयोजक शरु जोशी श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो । 
यस सिजनको लागि देउराली चाम्लिङ, रोसा बस्नेत, प्रिया लक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, डोमा शेर्पाले सगरमाथा आरोहण गर्न लाग्नु भएको