विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अन्तक्र्रिया

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अन्तक्र्रिया



२०७५ बैशाख २०

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना ग¥यो । बिहान प्रभातफेरि र वार्षिक प्रतिवेदन सार्वजनिक गरेको महासंघले दिउँसो फ्रिडम फोरम र युनेस्कोसँग मिलेर अन्तक्र्रिया कार्यक्रम ग¥योे । कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सुसूचित हुन पाउने जनताको अधिकार रहेको भन्दै समाचारको निष्पक्षता तथा गम्भीर्यतामा ध्यान पत्रकारलाई आग्रह गर्नु भयो । प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको सन्दर्भमा पत्रकारको सुरक्षाको कुरा गरिरहँदा पत्रकारबाट पीडित भैरहेको घटनाप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले काउन्सिलममा पत्रकारबाट पीडित हुनेहरुको उजुरी दर्ता हुनेक्रम बढिरहेको भन्दै पत्रकारले पेशागत मर्यादालाई पालन गर्नुपर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारहरुका लागि महत्वपूर्ण दिन रहेको भन्दै पत्रकारमाथिको दण्डहिनताको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले पत्रकारितामा स्वनियन्त्रण कायम रहेसम्म प्रेस स्वतन्त्रता हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन म्यानहार्टले विश्वमै पत्रकारमाथि भैरहेका आक्रमण तथा दुव्र्यवहारको अन्त्य हुनुपर्ने धराणा राख्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका परियोजना अधिकृत हिरण्य जोशीले दक्षिण एसिया र नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे रिपोर्ट प्रस्तुति गर्नु भएको थियो । दक्षिण एसियामा राज्य र गैर राज्यपक्षबाट प्रेस स्वतन्त्रता हनन्का घटना भएको जानकारी दिँदै जोशीले २०७४ साल वैशाखदेखि ०७५ साल वैशाखसम्ममा नेपालमा प्रेस स्वतन्त्रताका ६२ वटा घटना भएको र त्यसमा राज्य पक्ष बढी दोषी रहेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अमेरिकाममा क्रियाशिल संस्था मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले सगरमाथा आरोहणमा जाने साहासी ७ जना पत्रकार महिलाहरुलाई प्रदान गर्न १ लाख २० हजार रुपैयाँको चेक महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।