तीन प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदभार तथा गोपनियताको सपथग्रहण

तीन प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदभार तथा गोपनियताको सपथग्रहण



२०७५ बैशाख २४

नेपाल पत्रकार महासंघले उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदभार ग्रहण कार्यक्रम गरेको छ । 
महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आर्चायले निर्वाचित  पदाधिकारी तथा सदस्यहरुलाइ  बधाई तथा पूर्ण कार्यसफलताको शुभकामना  दिनुभयो ।  अध्यक्ष आर्चाले निर्वाचित प्रदेश कमिटिले महासंघका तल्लो कमिटिको अनुगम तथा सदस्य वितरणगर्ने लगायताका अधिकार राख्ने भन्दै केन्द्रसंग सहकार्य गरेर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सहज ढंगबाट निर्वाचन गराएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिलाई धन्यबाद दिनुभयो । 
महासंघका महासचिव रमेश विष्टले निर्वाचित सबैलाइ बधाइ दिदै महासंघको प्रदेश समिति निर्वाचन संगै महासंघ आधिकारिक रुपमा संघिय ढाँचामा प्रवेश गरेको बताउनु भयो । उहाँले पत्रकारका पेशागत सुरक्षा तथा अन्य समस्याहरुमा महासंघ केन्द्रसग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समिति संयोजक बबिता बस्नेतले निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो । 
त्यसैगरि उपत्यका प्रदेश समितिमा निर्वाचित नारान कुमार दाहाल, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारी तथा एसोसियट प्रदेश समिति अध्यक्षमा निर्वाचित केपीले ढुंगानाले धारणा राख्नु भयो । 
महासंघको १० वटा प्रदेश समितिको निर्वाचन यहि बैशाख २२ गते भएको थियो ।