शिक्षा पुरस्कारका लागि आवेदन आह्वान

 

२०७४।०३।११
नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । यस क्रममा देशभरबाट एउटा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुने पत्रकारले शिक्षा पत्रकारितामा पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण र २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्मका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित ५ वटा सामग्री पेश गर्नुपर्नेछ ।

त्यसैगरी काठमाडौं उपत्यकालाई १ प्रदेश मानी ७ प्रदेशसहित १÷१ जनाका दरले ८ वटा प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ भने आठै प्रदेशबाट २÷२ जनाका दरले १६ जनालाई शैक्षिक लेखनवृत्ति प्रदान गरिने भएको छ । प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र लेखनवृत्तिका लागि शिक्षा पत्रकारितामा पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण (द्यष्य(म्बतब) र २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्मका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित ५ वटा सामग्रीसहित चाहेको पुरस्कार किटान गरी पेश गर्नुपर्नेछ ।

 यस्तै टेलिभिजनमध्येबाट एक टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिक र ७ प्रदेश र उपत्यका एक प्रदेश गरी ८ वटा एफ एम रेडियोलाई संस्थागत पुरस्कार प्रदान गरिने छ । संस्थागत प्ुरस्कारको हकमा एफएम रेडियो,  टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकाबाट  २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्म शिक्षासम्वन्धी प्रकाशित÷प्रसारित समाग्रीको मूल्याड्कन महासंघद्वारा गठित छनौट समितिले गर्ने–गराउने छ भने एफ एम रेडियोको हकमा प्रदान गरिने ८ वटा प्रादेशिक पुरस्कारको छनौट र मूल्याड्कन नेपाल पत्रकार महासंघको क्षेत्रीय संयोजकको संयोजकत्वमा गठन हुने ३ सदस्यीय समितिले गर्नेछ । साथै, यसै वर्षदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि संस्थागत शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी गराइने भएकोले अनलाइन माध्यमबाट २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्म शिक्षासम्वन्धी प्रकाशित÷प्रसारित समाग्रीको मूल्याड्कन गरी एउटा अनलाइनलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारमा सहभागी हुने सबैले आवश्यक सामग्री २०७४ असार मसान्तभित्र कार्यालय समयभित्र महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंमा वा महासंघको इमेल [email protected] मा आइपुग्नेगरी पठाउनु पर्नेछ ।
माग गरेबमोजिम तोकिएको मितिभित्र प्राप्त नभएका सामग्रीहरुलाई समावेश गरिने छैन । महासंघ शिक्षा सम्बन्धी विभिन्न पुरस्कार र लेखनवृत्तिको अवसर उपयोग गर्न सम्बन्धित इच्छुक पत्रकारहरु एवम् संचारमाध्यमहरुलाई आह्वान गर्दछ । साथै, यसअघि राष्ट्रिय तथा क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पाएका पत्रकार तथा सञ्चारमाध्यमलाई सोही पुरस्कार प्रदान गरिनेछैन ।

शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा छनौट गरिने छ । यससम्बन्धी विस्तृत जानकारीका लागि नेपाल पत्रकार महासंघको वेभ साइट www.fnjnepal.org वा शिक्षा विभागको वेभसाइट www.doe.gov.np मा हेर्नुहुन तथा महासंघ केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
   
    ..............
    उजिर मगर
    महासचिव