महासंघको २५औं महाधिवेशन २०७४ भदौ ४ र ५ गते

मितिः२०७४।०३।०८

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको यस अघिको निर्णय अनुसार, महासंघको आगामी २५औं महाधिवेशन २०७४ असार २२ र २३ गते गर्ने निर्णय भएको र सो सन्दर्भमा मुलुकमा विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आवश्यक निर्णय लिन महासंघको सचिवालयलाई जिम्मेवारी सुम्पिएकोमा महासंघ सचिवालयको आज मिति २०७४ असार ८ गते महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा महासंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले देहाय अनुसार निर्णय गरेको छ ।


१. महासंघको २५औं महाधिवेशन ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस  स्वतन्त्रता र श्रम अधिकार’  भन्ने मूल नारा सहित तोकिएकै मितिमा भब्यताका साथ सम्पन्न गर्ने तयारी भैरहेको अवस्थामा सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेको लागि निर्धारण गरेको कारण महासंघका केन्द्रीय सभासदसमेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार संकलन र सम्प्रेषणमा अधिक व्यस्त हुनुपर्ने भएको हुँदा असार २२ र २३ गते महाधिवेशनमा सहभागी हुन संभव नभएकोले महाधिवेशन मिति सार्न भनी जिल्ला जिल्लाबाट अनुरोध भइआएको सम्बन्धमा गम्भीर छलफल भयो । सो सन्दर्भमा महासंघका संरचना र सरोकारवाला संघसंगठन र अग्रजहरूसँग समेतको परामर्श, मौसमको प्रतिकूलता एवं महाधिवेशन गर्न निर्विकल्पजस्तै रहेको सभास्थलको उपलब्धतासमेतलाई मध्यनजर गरी परिस्थितिजन्य बाध्यता र सहभागीको सहजताको निम्ति आवश्यकताको सिद्धान्तको आधारमा महासंघको २५औं महाधिवेशन २०७४ भदौ ४ र ५ गते काठमाडौंको प्रज्ञा भवनमा गर्ने निर्णय भएको छ । 


२. असहज परिस्थितिका कारण महासंघ महाधिवेशनको मिति सार्नुपर्दा पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै महासंघ महाधिवेशनको नयाँ मितिमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यकारिणी सभा सदस्य (केन्द्रीय सभासद) हरूलाई हार्दिक आह्वान गर्दछ । महासंघका सबै शाखा÷एशोसियट संस्थाहरूलाई सोही अनुसार त्यहाँ आवद्ध केन्द्रीय सभासभद्ज्यूहरूलाई यथासम्भव शीघ्र सञ्चारको माध्यमबाट जानकारी गराउनु हुन तथा नयाँ मितिसहितको निमन्त्रणा पत्र  बुझाइदिनु हुन अनुरोध छ । 


३. महासंघको २५औं महाधिवेशनका प्रस्ताव र कार्यक्रमहरू यस अघि सम्प्रेषण गरिए अनुसार नै हुनेछन् । 
   
    उजिर मगर
    महासचिव