सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशित गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर

मिति: २०७५।१०।२८



एभिन्यूज टेलिभिजनमा कार्यरत तीन जना पत्रकारलाई राजीनामा नै नगरी व्यवस्थापन पक्षबाट सरसामान बरबुझारथ गर्न एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेको भनी पीडित पत्रकारका पक्षबाट नेपाल पत्रकार महासंघमा प्राप्त उजुरीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्याललाई एक दैनिकमा सूचना प्रकाशित गरी टेलिभिजनका सरसामान ३ दिनभित्र बुझाउनु भनी व्यवस्थापन पक्षबाट मानसिक तनाव दिने र चरित्र हत्या गर्ने काम भएको निवेदनमा उल्लेख छ ।

श्रमजीवी पत्रकार ऐनलाई पूर्ण कार्यान्वयन ल्याउन महासंघले अभियान सञ्चालन गरिरहेको अवस्थामा पत्रकारलाई राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर छ । महासंघ सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गर्दछ । अन्यथा महासंघ श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य हुनेतर्फ पनि सचेत गराउँदछ ।
  
    रामप्रसाद दाहाल
    सचिव
 

 डाउनलोड गर्नुहोस्