सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति: २०७५।१०।२९


नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघ सर्लाही शाखाका अनुसार पत्रकार दियालीलाई माघ २९ गते विहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा एक समुहले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाईते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

महासंघ पत्रकार दियालीमाथि भएको यो सांघातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्