नेपाल पत्रकार महासंघको कन्द्रीय साधारणसभा फागुन ९ र १० गते कास्कीको पोखरामा सम्पन्न

मिति : २०७५/११/१४

नेपाल पत्रकार महासंघको कन्द्रीय साधारणसभा फागुन ९ र १० गते कास्कीको पोखरामा सम्पन्न भएको छ । साधारणसभाले केन्द्रीय समितिको तर्फबाट उपाध्यक्ष विपुल पोख्रेलले प्रस्तुत गर्नुभएको विधानलाई संशोधन प्रस्ताव, महासचिव रमेश विष्टले प्रस्तुत गर्नुभएको संगाठानीक प्रतिवेदन, कोषाध्यक्ष राजेश मिश्रले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा  लेखा समिति संयोजक रोजश पुरीको लेखा समिति प्रतिवेदन आवश्यक परिमार्जन सहित सर्वसम्मतीले पारीत गरेको छ । 
दश सदस्य बराबरबाट एक सभासद् निर्वाचीत हुने र निर्वाचीत सभासद्ले केन्द्रीय समिति चयन गर्ने प्रावधानलाई संशोधन गर्दै साधारणसभाले सबै सदस्यहरुबाट मतदान गरी एकैपटक शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गर्ने व्यवस्था गरेको छ । 
साधारणसभाले महासंघमा एक महिला उपाध्यक्ष र एक महिला सदस्य समेत थपगरी ४९ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसंगै महासंघको केन्द्र र प्रदेशमा परिषद्को व्यवस्था गरिएको छ । परिषद्ले महासंघको विधान संशोधन र निती निर्माण र कार्ययोजना तयगर्ने छ । साधारणसभा १८ बुँदे प्रस्ताव पारीत गर्दै सम्पन्न भएको छ ।
महासंघ साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने कास्की शाखा, गण्डकी प्रदेश समिति, सहित साधारणसभाका प्रमुख अतिथि, अतिथि, पूर्व अध्यक्ष तथा सभापतिहरु, निवर्तमान केन्द्रीय समिति, सहभागी प्रतिनिधी, पर्यवेक्षक लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दछ । 

 

रमेश विष्ट 
महासचिव

 डाउनलोड गर्नुहोस्