सहसम्पादक राईमाथि भएकाे धम्कीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

०७५।११।१७

समाचारको विषयलाई लिएर नयाँ पेजडटकमा सहसम्पादक तथा फोटो पत्रकार प्रबिन कुलुङ राईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराको स्वीकय सचिव बताउँने निराजन बमले भौतिक आक्रमण र अपहरण गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

नयाँ पेजडटकममा फागुन १५ गते पार्टी परिवर्तनको विषयमा लेखिएको समाचारलाई लिएर बमले आज टेलिफोन गरेर पत्रकार राईलाई  तत्काल समाचार नहटाए भौतिक आक्रमण तथा अपहरण गर्ने धम्की दिएका थिए ।

समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका मार्गलाई छाडेर पत्रकारलाई आक्रमण र अपरहण गर्ने धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै धम्की दिने बममाथि कानुनी कारबाही गर्न र पत्रकारलाई निर्वाध र निर्भिकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । 

 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्