वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध

मिति : २०७५।११।१९

नेपाल पत्रकार महासंघका सभासद् वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ६९ वर्षको उमेरमा गएराति निधन भएको दुःखद खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित गौतमलाई उपचारका लागि केही दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गौतम रहस्य साप्ताहिकमा सम्पादक रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जना अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्