वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध

मिति : २०७५/१२/०३ 

नेपाल पत्रकार महासंघका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको ८६ वर्षको उमेरमा हिजो शनिबार दिउँसो हृदयघातबाट निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको थियो । 

काठमाडौं महानगरपालिका ताहाचल निवासी पूर्वसभापति श्रेष्ठ राष्ट्रिय समाचार समितिका संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँले मदरल्याण्ड अंग्रेजी दैनिकको सम्पादन पनि गर्नु भएको थियो । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक  गुमाएको छ । महासंघ स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

    रमेश विष्ट
    महासचिव 
 

 डाउनलोड गर्नुहोस्