महासंघको उपलब्ध केन्द्रीय समितिको २०७५ चैत्र ४ गते बसेकाे बैठकले गरेका निर्णयहरु

मिति : २०७५/१२/४

नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज २०७५ चैत्र ४ गते केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा बस्यो । बैठकले गरेका निर्णयहरुवारे जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । 

१. नेपाल पत्रकार महासंघको गत फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभा ऐतिहासिक रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तथा साधारणसभामा सहभागी सबैमा केन्द्रीय समितिका तर्फवाट धन्यवाद ज्ञापन प्रस्ताव पारित गरिएको छ । साथै पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्तावहरु कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाई आवश्यक पहल गर्ने निर्णय गरिएको छ । 

२. यही चैत्र १६ गते नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस हो । विविध मौलिक तथा रचनात्मक कार्यक्रमहरु गरी नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश गरिएको छ । स्थापना दिवसका अवसरमा केन्द्रीय समितिको आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म विविध कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा महासंघका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, संकट तथा कठिन अवस्थाको रिपोटिङ अनुभवको प्रस्तुतिकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरुसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गर्ने निर्णय गरिएको छ । 

३. विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आगामी मे २ र ३ तारिखमा राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । प्रेस स्वतन्त्रता सम्मेलनमा महासंघका सबै पूर्व अध्यक्ष तथा सभापतिहरु, महासंघले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानीहरु तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । सो अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीहरुलाई परिचयपत्र र लोगो प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मान समेत गरिने छ । 


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्