महासंघकाे स्थापना दिवसलाई विविध कार्यक्रमसहित चैत्र १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने

मिति : २०७५/१२/११

नेपाल पत्रकार महासंघ २०७५ चैत १६ गते आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसलाई महासंघले विविध कार्यक्रमसहित चैत्र १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने भएको छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघले महासंघका पूर्व पदाधिकारीहरुलाई सम्मान गर्ने भएको छ । जसअन्तर्गत यस पटक नेपाल पत्रकार महासंघ बनेयता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही महासंघमा विशिष्ट योगदान पु¥याउनु हुने पूर्वपदाधिकारीहरुलाई सम्मान गरिदैछ । गत वर्ष स्थापना दिवस कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिसकेका पूर्वपदाधिकारीबाहेक यस पटक २० जना सम्मानित हुनु हुनेछ । 

सम्मानित हुने पूर्वपदाधिकारीहरुमा राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), इश्वरचन्द्र गौतम (उपसभापति, हेमन्त कर्माचार्य (उपसभापति), तेजबहादुर भण्डारी (उपसभापति), यज्ञ शर्मा (उपसभापति), गोपाल बढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गंगाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना (उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी (उपाध्यक्ष), अनिता बिन्दु (उपाध्यक्ष) र उजिर मगर (महासचिव) हुनुहुन्छ । 

सम्मानित सबैलाई यही चैत्र १६ गते मध्यान्ह १२ः०० बजे नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सम्मान गरिने छ । महासंघले स्थापना दिवसको अवसरमा चैत्र १३ र १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा १५ गते मध्यान्ह १२ः०० बजे जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
   

रामप्रसाद दाहाल
    सचिव
 

 डाउनलोड गर्नुहोस्