नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष र सदस्यमाथि भएकाे हातपात तथा धम्कीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।१२।१५

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, सदस्य विजयकुमार बमरेललगायतका पत्रकारहरुमाथि आज दिउँसो पाल्पाका बाबुराम विष्ट र शैलेन्द्र भट्टराईसहितको एक समुहले समाचारको विषयलाई लिएर प्रहरी र जनप्रतिनिधिहरुकै सामुन्ने हातापात गर्नुका साथै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ 

महासंघ उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दै पत्रकारका आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सुरक्षाकर्मीसँग आग्रह गर्दछ । पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावण निर्माण गर्न सरकासँग माग गर्दै पत्रकारमाथि आक्रमण हुँदा मुकदर्शक बन्ने सुरक्षाकर्मीको व्यवहारको महासंघ घोर भत्र्सना गर्दछ ।

 

रमेश विष्ट

महासचिव