पत्रकारमाथि गरिएकाे दुर्व्यवहार र हातपातकाे भर्त्सना

 मिति : २०७६।०३।२०

समाचार संकलनका क्रममा देउती एचडी टेलिभिजनका पत्रकारहरुलाई सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा अध्यक्ष कुलमणि देवकोटासहित कार्यालयका कर्मचारीहरुले हातापात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । असार १८ गते समाचार संकलनका क्रममा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था पुगेका पत्रकारहरु बुद्धि सिहं ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई हातपातसहित दुर्व्यवहार गरिएको थियो। नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो ज्यादती प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनमा संलग्नमाथि कारबाही गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र निर्वाध र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्